नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांशमा टाइपिस्टको भुल, अब लगानी कर्तालाई ४० प्रतिशत लाभांश

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने भएको छ । भदौं २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यस अघि भदौ ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश दिने निर्णय [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने भएको छ । भदौं २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यस अघि भदौ ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो तर सो निर्णयमा टाइपिङ बिग्रिएको बैंकले जनाएको छ ।

बैंक नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित गरेपछि लगानी कर्तालाई ४० प्रतिशत लाभांश दिने बताएको छ ।  बैंकले गत आर्थिक बर्ष २०७३/७४ मा ३ अर्ब २९ करोड नाफा गरेको थियो ।

Share News