काठमाडौं । सरकारले सवारी साधनमा जोड्न लागेको इम्बोस्ड नम्बर अब अञ्चलको नभई प्रदेशको नामबाट हुने भएको छ । यसअघि अञ्चलको नामबाट गर्ने व्यवस्थालाई खारेज गरी प्रदेशको नाम वा नम्बरबाट हुन लागेको हो । मुलुक संघीय संरचनमा गई अञ्चल खारेज भइ प्रदेश कार्यान्वयनमा आएपछि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।
यसका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले अञ्चलको अनुसुचि परिर्वतन गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने भएको छ ।
यसअघि १३ प्रकारका सवारी नम्बर प्लेट भएकोमा इम्बोस्ड लागु भएपछि घटाएर ५ वटामा झारिएको छ ।
२ पाङग्रे, ३ पाङग्रे र ४ पाँग्रेलाइ समेत गरी ५ वर्षभित्र २५ लाख नयाँ इम्बोस्ड नम्बर प्लेट जडान गरिने योजना रहेको भौतिक पुर्वाधारमन्त्री वीरबहादुर बलायरले बताए ।
व्यवस्थापिका संसदको विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री बलायरले ५ वर्षभित्र सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गरिसक्ने जानकारी दिए ।
उनका अनुसार २ पांग्रेलाई २ हजार ५ सय, ३ पांग्रेलाई २ हजार ९ सय, ४ पांग्रेलाई ३ हजार २ सय र हेभी सवारीसधानलाई ३ हजार ६ सय रुपैयाँ मुल्य तोकिएको छ ।
ठेकेदारले प्रति इम्बोस्ड नम्बर न्युनतम १६ देखि बढीमा १९ डलरसम्म पाउने छ । ५ वर्षमा सरकारले झण्डै ४ अर्ब अर्थात ३ करोड ३३ लाख ५० हजार रुपैयाँ लाग्ने मन्त्री बलायरले जानकारी दिए । उनकाअनुसार यसबाट आउदो ५ वर्षमा २ अर्ब ८४ करोड रुपैयाँ राजश्व संकलन हुने उनले जानकारी दिए ।
पहिला अर्डर भएको इम्बोस्ड प्लेट सानो भएको र अन्य प्राविधिक कारणले नेपाली भाषमा इम्बोस्ड नम्बर लेख्न नमिल्ने र नेपालको झण्डा रहने उनले बताए ।
नेपाल अन्तराष्ट्रिय सडक सञ्जालमा जोडिएको र वान बेल्ट वान रोड (ओबीओआर) मा गइसकेकाले नेपालीको सट्टा अंग्रेजीमा नम्बर प्लेट हुने उनले स्पष्टपारे । नेपालले इम्बोस्ड नम्बर प्लेट लागु गरिसकेको छ