ललितपुर मोबाइल एक्स्पोमा उपभोक्ताको भीड, छुट र उपहारको आकर्षण

<p>ललितपुर । ललितपुर मलमा भदौ १६ गतेदेखि दशैंतिहारको अवसर पारेर चलिरहेको ललितपुर मोबाइल एक्स्पोमा उपभोक्ताको बाक्लो भीड लागेको छ  । मोबाइलमा आकर्षक छुटदेखि उपहारका कारण मेलामा भीड बढेको हो । एक्सपोमा सामसङ, हुवावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, नोकिया , डिटिसी, ओवीआई, लाभा, सोनी, वान प्लस लगायत ब्राण्डका फोनहरु उपलब्ध छन् । कम्पनीले मोबाइल एक्स्पोको अवसर [&hellip;]</p>

ललितपुर । ललितपुर मलमा भदौ १६ गतेदेखि दशैंतिहारको अवसर पारेर चलिरहेको ललितपुर मोबाइल एक्स्पोमा उपभोक्ताको बाक्लो भीड लागेको छ  । मोबाइलमा आकर्षक छुटदेखि उपहारका कारण मेलामा भीड बढेको हो ।
एक्सपोमा सामसङ, हुवावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, नोकिया , डिटिसी, ओवीआई, लाभा, सोनी, वान प्लस लगायत ब्राण्डका फोनहरु उपलब्ध छन् । कम्पनीले मोबाइल एक्स्पोको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुमा छुट दिईरहेको छ ।
उपभोक्ताहरुले मोबाइल खरिद गर्दा ह्वावेको जीआर ५ र पी ९ लाइटमा २५ प्रतिशतसम्मको छुट, सोनीको एक्सपेरिया एक्सजेडमा ३० प्रतिशतसम्मको छुट सिधै प्राप्त गर्ने छन् ।

त्यसैगरि, मोबाइल कम्प्लेक्समा एक्स्पो अवधिभर लाभाको लाभा एक्स वान प्लस, लाभा एक्स ८, लाभा पिक्सेल भी२ प्लस, लाभा ८६०, लाभा ग्राण्ड २, लाभा ग्राण्ड २ सी फोनहरुमा पनि २५ प्रतिशत नगद छुट दिईएको जानकारी दिएको छ ।

मेलामा हात खालि नजाने उपहारहरु पनि प्रत्येक मोबाइल खरिदमा राखिएको छ । जसअन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूतुथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्न सक्नेछन् ।

कम्प्लेक्सले ग्राहकहरुलाई सस्तो मूल्यमा विभिन्न ब्राण्डका फोनहरु बिक्री गरिरहेको अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए ।“हामीले सबैभन्दा सस्तो मुल्यमा स्मार्टफोनहरु बिक्री गरिरहेका छाैँ, जसले गर्दा हाम्रो स्टक सकिएको छ । अझै ग्राहकहरुले गुणस्तरीय र ब्राण्डेड मोबाइल सुपथ मुल्यमा किनिरहेका छन् । सबैलाई यो मौकाको फाईदा उठाउन हामी आग्रह गर्दछौं,” अध्यक्ष बस्नेतले भने ।

 

Share News