भदौ २९ गतेदेखि राजधानीमा कृषि सम्बन्धी मेला, फुलदेखि नगदेबालीसम्म प्रदर्शनीमा

<p>काठमाडौं । भदौ २९ गतेदेखि राजधानीको प्रज्ञाभवनमा कृषि सम्बन्धी मेला &#8216;एग्रो ट्रेड एण्ड इन्भेस्टमेन्ट २०१७&#8217; आयोजना हुने भएको छ । कृषि तथा पशुपंक्षी सेवा विभागको प्रायोजनमा नेपाल एग्री बिजनेश इन्नोभेसन सेन्टर, नेपाल डेरी एशोसिएशन लगायतका संस्थाको सहकार्यमा हाउस अफ राजकर्निकारले आयोजना गरेको हो । मेला तीन दिनसम्म चल्नेछ । कृषितर्फका लगानीकर्ता, व्यवसायी र किसान सबैलाई [&hellip;]</p>

काठमाडौं । भदौ २९ गतेदेखि राजधानीको प्रज्ञाभवनमा कृषि सम्बन्धी मेला ‘एग्रो ट्रेड एण्ड इन्भेस्टमेन्ट २०१७’ आयोजना हुने भएको छ ।

कृषि तथा पशुपंक्षी सेवा विभागको प्रायोजनमा नेपाल एग्री बिजनेश इन्नोभेसन सेन्टर, नेपाल डेरी एशोसिएशन लगायतका संस्थाको सहकार्यमा हाउस अफ राजकर्निकारले आयोजना गरेको हो । मेला तीन दिनसम्म चल्नेछ ।

कृषितर्फका लगानीकर्ता, व्यवसायी र किसान सबैलाई एकैछाना मुनि प्राविधि एवं आर्थिक जानकारी दिने तथा कृषिसम्बन्धी उत्पादन प्रवर्द्धन गर्ने उद्येश्य रहेको आयोजकले जानकारी दिएका छन् ।मेलामा १२० जना प्रदर्शकको उपस्थितीमा दुई सय जना सभामा सहभागी हुने अपेक्षा रहेको आयोजकले बताएका छन् ।

मेलाले नयाँ लगानीकर्ता र व्यवसायीलाई कृषि तर्फ आकर्षित गर्ने आयोजकले बताएका छन् । मेलामा पुष्प, पोल्ट्री, पशुपंक्षी, नगदेबाली लगायतका कृषि सामग्री प्रदर्शनमा राख्ने आयोजकले जानकारी दिएको छ ।

Share News