ताम्राकार कम्प्लेक्सले ल्यायो दसैं तिहार अफर, मोबाइल किन्दा ६० प्रतिशतसम्म छुट

<p>काठमाडौं । ताम्राकार मोबाइल कम्प्लेक्सले &#8216;दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार&#8217; योजना ल्याएको छ । यो योजना अन्तर्गत सेवाग्राहीले मोबाइल किन्दा ५ देखि ६० प्रतिशतसम्म छुट पाउनेछन् । भदौं २२ गतेदेखि चल्ने यो योजनामा उपहार पनि पाइने कम्पनिले जानकारी दिएको छ । यो मोबाइल मेलाको मुख्य प्रायोजनमा मोटोरोला र लेनेभो मोबाइलले साथ [&hellip;]</p>

काठमाडौं । ताम्राकार मोबाइल कम्प्लेक्सले ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजना ल्याएको छ । यो योजना अन्तर्गत सेवाग्राहीले मोबाइल किन्दा ५ देखि ६० प्रतिशतसम्म छुट पाउनेछन् ।

भदौं २२ गतेदेखि चल्ने यो योजनामा उपहार पनि पाइने कम्पनिले जानकारी दिएको छ । यो मोबाइल मेलाको मुख्य प्रायोजनमा मोटोरोला र लेनेभो मोबाइलले साथ दिनेछन् ।

यो महोत्सवमा सबै मोबाइल कम्पनीको साथपाएको जानकारी दिँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले ताम्राकार मोबाइल बजारले मोबाइलको मोडल हेरेर को व्यवस्था गरेको बताए ।

सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ । यसैगरी लेनेभोका मोबाइलको खरिदमा मोडल हेरी ३० देखि ५० प्रति प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको छ ।

ताम्राकार मोबाइल बजारमा ९ सयदेखि १ लाख ३० हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध छन् । नेपालीहरुको महान चाड बडादशैं तथातिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइलफोनको खरिदमामोटरसाइकल, टिभी, स्मार्ट फोन बितरण गरिने कम्पनीले जनाकारी दिएको छ ।

यसैगरी दैनिक दुईवटा मोबाइल, १० वटा ब्लुटुथ तथा पावर बैंक लक्की ड्र मार्फत वितरण गरिने व्यवस्था गरिएको छ भने साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फतनै बितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

Share News