काठमाडौ । खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले आगामी पुसभित्र मेलम्ची खानेपानी राजधानीभित्र आइसक्ने बताएका छन् ।
उनले मेलम्चीको सुरुङ खन्ने काम २७.५ किलोमिटर मध्ये १.८ किलोमिटर खन्न बाँकी रहेकाले ढिलोमा पुससम्म मेलम्चीको पानी राजधानी आउने उनले जानकारी दिए ।
यता मेलम्ची खानेपानी विकास समितिले आउदो चैतसम्म मात्र मेलम्चीको पानी राजधानीमा आउने बताइरहेका बेला मन्त्री यादवले पुसभित्रै आउने बताएका हुन् ।
पुससम्म आयोजनाको सुरुङको काम सकेर बाँकी फिनिसिङ र परीक्षणको काम बाँकी भएकाले ढिलोमा चैतसम्म आउने समितिले बताएको ।