हंशराज हुलासचन्द एण्ड कम्पनीको नयाँ शोरुम कैलालीको टिकापुरमा

<p>काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले नयाँ शोरुम कैलालीको टिकापुरमा संचालनमा ल्याएको छ । उक्त बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हो । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस [&hellip;]</p>

काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले नयाँ शोरुम कैलालीको टिकापुरमा संचालनमा ल्याएको छ । उक्त बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हो ।

हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने अपेक्षा राखेको छ । साथै, यसैको माध्यमबाट कम्पनीले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने जानकारी दिएको छ ।

उक्त कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी कैलालीको टिकापुरमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले टिकापुरमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो ।’

शोरुमले ग्राहकहरुका लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको जानकारी दिएको छ ।

 

Share News