काठमाडौं । ललितपुरको प्राइम स्टोरले दसैँको अवसर‘दसैंको बहार, सस्तो मूल्यमा मोबाइल, साथमा उपहारै उपहार’ योजना ल्याएको छ । यो योजना अन्तर्गत मोबाइल खरिदमा उपहार पाउने छन् ।
निःशुल्क उपहारमा हेडफोन, सेल्फी स्टिक, स्पिकर, सिम कार्ड, रिचार्ज कार्ड दिइने स्टोर सञ्चालक सागर गौतमले बताए । प्राइम स्टारेमा मोबाइल किन्दा उपहारका अलावा मूल्य पनि उचित हुने र जेनुइन सामानको ग्यारेन्टी हुने गौतमको भनाइ छ । ‘हामी बिक्रीपछिको सेवा पनि उपलब्ध गराउँछौं,’ गौतमले भने, ‘हाम्रो उद्देश्य गुणस्तरीय सामान उपलब्ध हुने ठाउँको रुपमा प्राइम स्टोरलाई चिनाउनु हो ।’
सञ्चालक गौतमका अनुसार सो ठाउँमा किनेको मोबाइलको मर्मतसम्भार, वारेन्टी जस्ता सुविधा कम्पनीका जुनसुकै सर्भिस सेन्टरबाट लिन सकिन्छ ।
यो कक्पनीले सामसुङ, हुवावे, एमआई, ओप्पो, वनप्लस, जिओनी, सोनी, नोकिया लगायत ब्रान्डको कारोबार गर्ने कम्पनीले जनकारी दिएको छ ।