नविल बैंकले असोज १०मा साभारणसभा बाेलायाे, ४८% लाभांशसहित पुँजी १० अर्ब बनाउने विशेष प्रस्ताव

<p>काठमाडौं । नबिल बैंकले १० अर्ब रुपैयाँ पुँजी बनाउने प्रस्ताव गरेको छ । बैंकले आगामी असोज १० गते ३३ औं वार्षिक साधारणसभाको बोलाउँदै उक्त साधारणसभामा अधिकृत पुँजी १० अर्ब रुपैयाँ बनाउने प्रस्ताव लैजाने निर्णय गरेको छ । उक्त साधारणसभामा नबिल बैंकले सेयरधनीलाई ४८ प्रतिशत लाभांश दिने प्रस्ताव लैजादैछ । बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको [&hellip;]</p>

काठमाडौं । नबिल बैंकले १० अर्ब रुपैयाँ पुँजी बनाउने प्रस्ताव गरेको छ । बैंकले आगामी असोज १० गते ३३ औं वार्षिक साधारणसभाको बोलाउँदै उक्त साधारणसभामा अधिकृत पुँजी १० अर्ब रुपैयाँ बनाउने प्रस्ताव लैजाने निर्णय गरेको छ ।

उक्त साधारणसभामा नबिल बैंकले सेयरधनीलाई ४८ प्रतिशत लाभांश दिने प्रस्ताव लैजादैछ । बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

बोनस सेयर जारी गरेपछि चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

Share News