काठमाडौं । कोकाकोला नेपालले दशैं र तिहार लक्षित ‘‘मन खोलौं कोकसँग’’ अभियान ल्याएको छ । यो अभियान मंगलबारदेखि सुरु भएर असोज ३० गतेसम्म चल्नेछ ।

कोकाकोलाले दैनिक जीवनमा विभिन्न ८ फरक सम्बन्ध दर्शाउने लोगोहरुका साथमा नयाँ प्याक ल्याएको छ, जसमा विभिन्न फरक सम्बन्धहरु दर्शाउने संदेशहरु लेखिएका छन् । यी लेबलहरु नेपालीमा लेखिएका छन, जसले यो उत्सवमय मौसममा हाम्रा सम्बन्धहरु र परिवारहरुलाई नजिक ल्याउँदै सम्मान गर्ने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार यी प्याकहरुले उपभोक्तालाई आफ्ना मनपर्नेहरुलाई उपहार दिने अवसर सिर्जना गरेको छ । अभियानको नाम जस्तै कोका–कोलाले सबै परिवारका सदस्यहरुलाई कोका–कोलाका साथमा आफ्ना भावनाहरु एकआपसमा दर्शाउन र नजिकपना ल्याउन उत्साहित गर्ने कम्पनीले बताएको छ ।
कोका–कोला नेपालका देशिय निर्देशक अम्बुज सिँहले भने,‘दशैं, आशिर्वाद दिने र सँगसँगै मनाउने उत्सव हो, कोकाकोलाले उपभोक्ताका साथीहरु र परिवारहरुलाई जोड्न सहयोग गर्दछ । हामी यो वर्ष, तपाईँको परिवारमा भएका निकै आत्मिय सम्बन्धहरुलाई ‘‘परिवार’’सहित ८ यूनिक लेबलका साथमा खुशीयाली बाँड्दै छौं । यसले हामी प्रत्येकको जिवनलाई प्रभावित गर्ने विशेष सम्बन्धहरुलाई सम्मान गर्न सहयोग गर्दछ । हामी आशा गर्दछौं, हाम्रा उपभोक्ताहरुले आफ्ना मनपर्ने व्यक्तिहरुलाई विशेष संदेश भएको कोका–कोला उपहारको रुपमा प्रदान गर्नेछन् ।’