टिकापुरमा हंशराज हुलासचन्द एण्ड कम्पनीको नयाँ शोरुम सञ्चालन

<p>काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले कैलालीको टिकापुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले सुविधा सहितको नयाँ शोरुम “जैमिनी आटोमोटीभ्स कम्पनी प्राइभेट लिमिटेड” शोरुम सञ्चालनमा ल्याएको हो । बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका [&hellip;]</p>

काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले कैलालीको टिकापुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले सुविधा सहितको नयाँ शोरुम “जैमिनी आटोमोटीभ्स कम्पनी प्राइभेट लिमिटेड” शोरुम सञ्चालनमा ल्याएको हो ।

बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी कैलालीको टिकापुरमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले टिकापुरमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ ।’

Share News