काठमाडौं । एलजी ब्राण्डले चाडपर्वको अवसरमा एलजीका हरेक सामाग्रीहरुको खरिदमा निशुल्क उपहार, ३० प्रतिशत सम्मको छुट र एलईडि टिभीको खरिदमा २ वर्ष सम्मको पुरै वारेण्टी दिने कम्पनीले जनाएको छ । ‘हजुरको पर्व हाम्रो प्रविधि’ भन्ने मुल नाराका साथ कम्पनीले पर्वलाइ लक्षित गरी यो योजना ल्याएको हो ।
सबै ओलेड टिभीहरु र ६० इन्च भन्दा माथिका युएचडि टिभीमा ३७ हजार ९ सय ९० रुपैयाँ पर्ने एसएच पाईभ साउण्ड बार, ४९ र ५५ इन्च युएचडि टिभीमा १५ हजार ९० रुपैयाँ पर्ने म्युजिक फ्लो, ४३ र ४९ इन्च युएचडि टिभी उपहारमा दिने भएको छ । साथै, ५५ इन्चका स्मार्ट टिभीहरुमा ११ हजार ५ सय ९० मूल्य पर्ने एलएच ६४बि अडियो सिस्टम र ४३ स्मार्ट र ४३ इन्च भन्दा माथिका नर्मल एलइडि टिभीहरुमा ७ हजार १ सय ९० मूल्य पर्ने पिएचवान ब्लुतुथ स्पिकर पक्का उपहार स्वरुप राखिएको छ ।
साइड बाई साइड, डोर.इन. डोर, बटम फ्रिजर रेफ्रिजेरेटरहरुको खरिदमा १३ हजार १ सय ९० रुपैयाँ पर्ने माइक्रोवेभ ओभन, चेष्ट फ्रिजर र डबल डोर रेफ्रिजेरेटरको खरिदमा ३ हजार ३ सय ३० रुपैयाँ पर्ने मिक्स्चर ग्राइन्डर पक्का उपहारको रुपमा राखिएको छ ।
त्यसैगरि फ्रन्ट लोड वासिङ्ग मसिनमा ३ हजार ४ सय ४० रुपैयाँ पर्ने सुपर कुकर र टप लोड र सेमि अटोमेटिक वासिङ्गमसिनमा १ हजार १ सय १० रुपैयाँ पर्ने कडाई राखिएको छ । ग्राहकले डिस्वासरमा १ हजार ५ सय रुपैयाँ बराबरको फ्रि डिटरजेन्ट, माइक्रोवेभ ओभनमा २ हजार रुपैयाँ पर्ने कुकिङ्ग किट, र एसिको खरिदमा २ हजार ५ सय रुपैयाँ बराबरको फ्रि इन्स्टलेशन जस्ता आकर्षक उपहारहरु सित्तैमा प्राप्त गर्न सक्नेछन् । यो योजना भदौ १९ गते देखि सिमित अवधिको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।