इभेन्ट सोलुसनले दशैंको अवसरमा स्टक क्लियरेन्स मेला बुधबारबाट शुरु गर्ने

<p>काठमाडौं । इभेन्ट सोलुसन प्रालिले दशैंको अवसर पारेर बुधबारबाट राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला शुरु गर्नें भएको छ । सो मेलालाई दशैंको बेला सस्तो मेला नारा दिइएको छ । भदौ २१ गतेदेखि २६ गतेसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबस्यक सामग्रीहरुको कारोबार गरिने जानकारी दिएको छ । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र [&hellip;]</p>

काठमाडौं । इभेन्ट सोलुसन प्रालिले दशैंको अवसर पारेर बुधबारबाट राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला शुरु गर्नें भएको छ । सो मेलालाई दशैंको बेला सस्तो मेला नारा दिइएको छ ।

भदौ २१ गतेदेखि २६ गतेसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबस्यक सामग्रीहरुको कारोबार गरिने जानकारी दिएको छ । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम एफिलियन्सका स्टलहरु रहने छन् । एक सय भन्दा धेरै स्टलहरु रहेको यो मेलामा सहभागि सबै एक्जीबिटर ब्रिफिङ गरिसकिएको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले बताए ।

इभेन्ट सोलुसनका संयोजक जोशीले दशैंका लागि आबस्यक पर्ने सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा पाइने बताए । ६ दिन सम्म चल्ने यो मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने अनुमान गरिएको संयोक जोशीले बताए । मेला अवधिभर ५० हजार उपभोक्ता मेला स्थलमा आउने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ ।

मेलामा इकमर्स पार्टनर बनेको सपर्भ डट कमले अनलाइन सेवा पनि उपलब्ध गराएको जानकारी दिएको छ ।

 

Share News