काठमाडौं । सिन्धु विकास बैंकको हकप्रद सेयर (आज) सोमबारदेखि बिक्री खुला भएको छ । बैंकले चुक्तापुँजी बढाउन १० बराबर ८ अनुपातमा २० करोड ९७ लाख ५४ हजार रुपैयाँ बराबरको २० लाख ९७ हजार ५४० कित्ता हकप्रद बिक्री खुला गरेको हो । हकप्रद बिक्री बन्द असोज २२ गते हुने बैकले जानकारी दिएको छ ।