महिन्द्राको मोटरसाइकल र स्कुटरमा उपहारै उपहार

<p>काठमाडौं । नेपालमा महिन्द्रा कम्पनीको टुह्वीलर मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको अग्नि मोटो इन्कले दशै, तिहार तथा छठलाई लक्षित गरी विभिन्न उपहार योजना ल्याएको छ । कम्पनीले महिन्द्रा सुनैसुनको वर्षा, रानीहारसँगै विदेश यात्रा योजना प्रस्तुत गरेको छ । यस योजनामा ग्राहकले कुपन स्क््रयाच गरी निश्चित उपहारको रुपमा १ तोलासम्म सुनको सिक्का पाउने कम्पनीले जनाएको [&hellip;]</p>

काठमाडौं । नेपालमा महिन्द्रा कम्पनीको टुह्वीलर मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको अग्नि मोटो इन्कले दशै, तिहार तथा छठलाई लक्षित गरी विभिन्न उपहार योजना ल्याएको छ ।

कम्पनीले महिन्द्रा सुनैसुनको वर्षा, रानीहारसँगै विदेश यात्रा योजना प्रस्तुत गरेको छ । यस योजनामा ग्राहकले कुपन स्क््रयाच गरी निश्चित उपहारको रुपमा १ तोलासम्म सुनको सिक्का पाउने कम्पनीले जनाएको छ ।

ग्राहकले चाडपर्वको बेलामा कुनै पनि महिन्द्रा बाइक तथा स्कुटरको खरिद गर्दा एउटा स्क्र्याच कुपन पाउने छन् । कुपनलाई स्क््रयाच गरी न्युनतम् २.५ ग्रामदेखि १ तोलासम्मको सुनको सिक्का पक्का पाइने कम्पनीले जानकारी दिएको छ ।

हरेक १५ दिनमा एक जनाले रानीहार उपहार पाउने छन् । त्यसैगरी बम्परमा ४ जनाको दुई परिवारलाई ४ दिन ५ रातको थाइल्याण्ड भ्रमणको अवसर पनि मिल्ने छ ।

 

Share News