कात्तिक १८ मिस टुरिजम–२०१७ आयोजना गरिने, सोमबारदेखि आवेदन खुल्ने

<p>काठमाडौं । प्वाइन्ट मिडिया प्रालिले आगामी कात्तिक १८ गते &#8216;मिस टुरिजम &#8211; २०१७&#8217; आयोजित गर्ने भएको छ । यसपटक “मिस टुरिजम–२०१७” मा सहभागी हुन चाहनेहरुका लागी भोलि भाद्र १९ गते सोमवार वाट असोज ६ गते शुक्रवार सम्म देशभर आवेदन खुल्ला गरिएको छ । “मिस टुरिजम–२०१७” का लागी १८ देखि २५ वर्ष उमेर समुहका अविवाहित नेपाली [&hellip;]</p>

काठमाडौं । प्वाइन्ट मिडिया प्रालिले आगामी कात्तिक १८ गते ‘मिस टुरिजम – २०१७’ आयोजित गर्ने भएको छ ।

यसपटक “मिस टुरिजम–२०१७” मा सहभागी हुन चाहनेहरुका लागी भोलि भाद्र १९ गते सोमवार वाट असोज ६ गते शुक्रवार सम्म देशभर आवेदन खुल्ला गरिएको छ । “मिस टुरिजम–२०१७” का लागी १८ देखि २५ वर्ष उमेर समुहका अविवाहित नेपाली महिलाहरुले आवेदन दिन पाउनेछन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले “मिस टुरिजम–२०१७” को आयोजना गर्न लागिएको प्वाईन्ट मिडिया प्रा.लि का प्रबन्ध निर्देशक नविन काफ्लेले वताए ।

मिस टुरिजम–२०१७ लाई नगद पचास हजार रुपैयाँ, नेपालका स्थापित संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेसडर पनि नियुक्त गर्ने कम्पनीले जानकारी दिएको छ । त्यस्तै मिस टुरिजम फस्ट रनर अप–२०१७ लाई नगद ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनर अप–२०१७ लाई नगद २० हजार रुपैयाँ प्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसर हरु पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र प्रसाद रिजालले मिस टुरिजम रुपमा मात्र नभएर विचारमा पनि योग्य रहेको आँफुहरुले अघिल्लो वर्ष नै देखेको वताउँदै रुप ज्ञान दुवैमा योग्य व्यक्ति मिस टुरिजम हुनुपर्ने वताए ।

 

Share News