हिमालय एअरलाईन्सको काठमाण्डौं र दमामबीच सीधा उडान शुरु, ३० किलोसम्म लगेज निःशुल्क

<p>काठमाडौं । हिमालय एअरलाईन्सले काठमाण्डौं र साउदी अरेबियाको दमाम शहरबीच सिधा उडान थालेको छ । काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमामको लागि पहिलो उडान शुक्रबार राती २२ः३०मा उडेको थियो । उत्साहपूर्ण यात्रु संख्याका साथ उडेको सो उडान दमाम स्थित किङ्गफाहाद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार स्थानीय समय अनुसार बिहान पौनै एकमा अवतरण गरेको छ । नेपाल तथा साउदी [&hellip;]</p>

काठमाडौं । हिमालय एअरलाईन्सले काठमाण्डौं र साउदी अरेबियाको दमाम शहरबीच सिधा उडान थालेको छ । काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमामको लागि पहिलो उडान शुक्रबार राती २२ः३०मा उडेको थियो । उत्साहपूर्ण यात्रु संख्याका साथ उडेको सो उडान दमाम स्थित किङ्गफाहाद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार स्थानीय समय अनुसार बिहान पौनै एकमा अवतरण गरेको छ ।

नेपाल तथा साउदी अरेबियाबीच सीधा उडान गर्ने हिमालय एअरलाईन्स नेपालको पहिलो वायुसेवा कम्पनीे हो । एअरलाईन्सलले काठमाण्डौं-दमाम-काठमाण्डौंबीच दैनिक उडान भर्ने जनाएको छ । हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठल यसपालीको चाडपर्व र जाडो याममा धेरै भन्दा धेरै नेपालीले आफ्नो देश आउन सीधा उडानको सेवा प्राप्त गर्न सक्ने गरि हिमालय एअरलाईन्सले यस उडानको शुभारम्भ गरेको बताए । यस उडानले साउदी अरेबियामा विभिन्न पेशामा संलग्न करिब ५ लाख नेपालीलाई सुलभ भाडादरमा सीधा उडानको सुविधा प्रदान गर्ने उनले बताए ।

एअरलाईन्सले इकोनोमीक्लासको लागि ३० के.जी र बिजनेस क्लास को लागि ४० के. जी निःशुल्क ब्यागेज सुविधाको व्यवस्था गरिएको जनाएको छ ।

Share News