काठमाडौं । जापानको उरुतोरा रेस्टुरेन्टको शाखा अब नेपालको पोखरा र चितवनमा खुल्ने भएको छ । जापानको विभिन्न शहरमा १२ वटा रेस्टुरेन्ट सञ्चालन गरिरहेको जापानीज चेन रेस्टुरेन्ट उरुतोराले नेपालमा पनि आफ्नो १३ औं ब्रान्च सञ्चालनमा ल्याएको छ । ३ करोड नेपाली रुपैयाँको लागतमा काठमाडौंको बालुवाटारमा सञ्चालनमा ल्याइएको उरुतोरा रेष्टुरेन्टमा २५ जना कर्मचारी छन् ।

एक सय जनालाई एकैपटक सर्भिस दिन सकिने प्रशस्त स्थान रहेको रेस्टुरेन्टमा जापानीज खानाका अलावा नेपाली खाना पनि पाइने रेस्टुरेन्टका अध्यक्ष लोकनाथ वस्तीले जानकारी दिए ।
जापानमा रेस्टुरेन्ट व्यवशाय गर्दै आएका अध्यक्ष वस्तीले जापानिज हस्पिटालिटी र म्यानरलाई नेपालमा ल्याउन रेस्टुरेन्टमा लगानी गरेको बताए । जापानमा काम गरेर फर्किएका नेपाली कुक र अन्य कर्मचारीले सेवा दिनेयो रेस्टुरेन्टमा जापानबाट समेत कर्मचारीहरु आउने गरेका छन् ।

नेपालमा घुम्न आउने जापानीजहरु, जापानीज स्वादको खाना खाने र जापानमा बसेर फर्किएका तथा जापानीज खानाका पारखीहरुलाई यो रेस्टुरेन्टले थोरै भएपनि सहयोग पुग्ने विश्वास प्रबन्ध निर्देशक केन्जी मिजुगुचीको छ । नेपालको पोखरा र चितवनमा समेत उरुतोरा रेस्टुरेन्टको शाखा खोल्ने योजना बनाएको उरुतोरा नेपालका निर्देशक प्रकाश पौडेलले जानकारी दिए ।