काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले आउदो हिउँदमा विद्युत्भार कटौती (लोडसेडिङ) नहुने बताएका छन् । केही कार्ययोजनामा आएको अवरोधले केही चुनौति थपिए पनि आउदो हिउँमा लोडसेडिङ नहुने उनले सपष्टपारेका छन् ।
बुधबार ऊर्जा विकासको भावी योजनासहित श्वेतपत्र मन्त्रालयमा सार्वजनिक गर्दै ऊर्जामन्त्री शाहीले अब औद्योगिक क्षेत्रमा समेत लोडसेडिङ हटाइने स्पष्टपारे । “उद्योगमा मात्र दैनिक ३ घण्टा लोडसेडिङ भइरहेको बताउदै अब केही समयमा हटाइने छ” उनले भने “ आउदै हिउँदमा लोडसेडिङ हुदैन् ढुक्क हुनुस ।”
उनले सौर्य ऊर्जा उत्पादन गर्ने, विद्युतगृहमा सुधार गरी उत्पादन बढाउने र भारतबाट आयात गरेर आउदो हिउँदमा मुलुकलाई गत वर्षको जस्तौ लोडसेडिङ मुक्त बनाइने उनले जानकारी दिए ।
उनले ऊर्जा मिश्रणमा जोड दिने, नेट मिटररिङ र स्मार्ट मिटर जडान गर्ने, चुहावट नियन्त्रण र प्रसारणको गुणस्तरमा सुधार ल्याई गुणस्तरिय विद्युत आपूर्ति गरिने उनले बताए ।
२५ मेगावाटको सोलारको काम अघि बढाउने र एलईडी चिम ल्याउने विषयमा छलफल भइरहेको जानकारी दिदै उनले कानुनी प्रक्रिया पु¥याएर सबै काम गर्ने उनले स्पष्टपारे ।
बाढीबाट अवरुद्ध बिजुली सेवा पनि सुचारु भइसकेको मन्त्री शाहीले जानकारी दिए । तराइका केही स्थानबाहेक सबै क्षेत्रमा विद्युत आपूर्ति सुचारु भइसकेको र बाँकी क्षेत्रमा पनि आपूर्तिका लागि काम भइरहेको बताए । विद्युत आपूर्ति सुचारु गर्न प्राधिकरणले द्रुत गतिमा काम गरिरहेको उनको भनाई छ ।
कर्मचारीतन्त्रमा सुधार आवश्यक रहेको बताउदै उनले आन्तरिक सुधारमा जोड दिने बताए । काम गर्दा घुस माग्ने र ढिला सुस्ती गर्ने कर्मचारीमाथि तत्काल कार्वाही गर्ने मन्त्री शाहीले चेतावनी दिए । यस्तै जनताको गुनासो सुन्नका लागि अघिल्लो मन्त्रीले सुरु गरेको हटलाइन सेवालाई अझ बढी प्रभावकारी बनाइने उनले जानकारी दिए ।
कर्मचारीको सरुवा बढुवामा राजनतिक शिफारिश र दवाव आउने जानकारी दिदै उनले शक्तिकेन्द्र धाउने कर्मचारीमाथि कार्वाही गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।