भौतिक पूर्वाधार मन्त्रालयका सचिवको प्रश्न-हाम्रो आफ्नै रेल कहिले गुड्छ ?

<p>काठमाडौं । ‘भारतको बिजलपुरादेखि जनकपुरसम्म ३५ किलोमिटर रेल त भारतले बनाइदिँदैछ, त्यहाँ त रेल गुडाउँला तर हाम्रो आफ्नै रेल चाँही कहिले गुड्छ ?’, भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बुधबार गत आर्थिक बर्षको प्रगति समिक्षा बैठकमा भने । उनले रेल मार्गको निर्माणलाई राज्यले नै उच्च प्राथमिकतमा राखिसकेको बताउँदै तिब्र गतिका साथ काम [&hellip;]</p>

काठमाडौं । ‘भारतको बिजलपुरादेखि जनकपुरसम्म ३५ किलोमिटर रेल त भारतले बनाइदिँदैछ, त्यहाँ त रेल गुडाउँला तर हाम्रो आफ्नै रेल चाँही कहिले गुड्छ ?’, भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बुधबार गत आर्थिक बर्षको प्रगति समिक्षा बैठकमा भने ।

उनले रेल मार्गको निर्माणलाई राज्यले नै उच्च प्राथमिकतमा राखिसकेको बताउँदै तिब्र गतिका साथ काम गर्ने योजना अघि सार्न पनि रेल विभागलाई निर्देशन दिए । ‘हामीले रेललाई उच्च प्राथमिकतामा राखेका छौं, तर अहिलेकै गतिमा ट्रयाक मात्रै खोल्ने हो भने ४०/५० बर्षसम्म ट्रयाक मात्रै खोलेर बस्नुपर्ने अवस्था आउँछ, ५/७ बर्षमा आफ्नै रेल गुडाउने योजना बनाउनुस’, सचिव कार्कीले भने ।

उनले बार्षिक ३/४ अर्बको बजेट विनियोजन गरेर आफ्नै रेल गुडाउने सपना पुरा नहुने भन्दै ठुलो काम र बजेटको योजना ल्याउन पनि भनेका थिए ।‘३÷४ अर्बको बजेटले रेल गुड्दैन, प्राथमिकता अनुसारको बजेट र कार्यक्रम ल्याउनुस, मन्त्रालयले सहयोग गर्छ’, कार्कीले भने ।छलफलमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विर बहादुर बलायरले बिजलपुराबाट जनकपुर आउने रेललाई बर्दिबाससम्म चाँडै ल्याउने गरि काम अघि बढाउन निर्देशन दिएका थिए । मन्त्री बलायरले भने–‘३५ किलो मिटर रेल भारतले बनाई दियो, अब ३४ किलोमिटर हामीले बनाएर भएपनि बर्दिबासम्म रेल ल्याउनु पर्छ, हाम्रो आफ्नै रेल छ भनेर संसारलाई चिनाउनु पनि पर्छ ।’

उनले रेल मार्ग निर्माणका लागि आवश्यक जनशक्तिको जोरजाम गर्नुपर्ने आवश्यकता महशुस भएपनि संघियता कार्यान्वयनको चरणमा रहेकाले नयाँ कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन नसकिएको बताए । रेल विभागले हाल ९४५ किलोमिटर लामो मेची महाकाली रेल मार्गको बर्दिबास देखि लालबन्दीसम्मको ३० किलोमिटर खण्डमा ट्रयाक बेल्ड निर्माण गरिरहेको छ भने चालु आर्थिक बर्षमा लालबन्दीदेखि निजगढसम्मको काम अघि बढाउँदै छ ।

बर्दिबासदेखि बुटवलसम्मको ३७२ किलो मिटर डिपिआर तया भैसकेको छ भने बर्दिबास देखि काकडभिट्टाको २४७ किलोमिटर क्षेत्रमा डिपिआर निर्माण भैरहेको छ ।

 

Share News