सेयरधनीबीच कुटाकुट भएपछि विशाल बजार कम्पनीको साधारणसभा भाडियो

<p>काठमाडौं । सेयरधनीबीच कुटाकुट भएपछि विशाल बजार कम्पनी लिमिटेडको साधारणसभा भाडिएको छ । मंगलबार राजधानी आयोजना गरिएको वार्षिक साधारणसभामा सेयरधनीबीच कुटाकुट र माइक खोसाखोस भएपछि भाडिएको हो ।नेपाल खाद्य संस्थानका प्रतिनिधि शंकर सापकोटा र नेसनल ट्रेडिङ लिमिटेडका तर्फबाट लवराज जोशीको सञ्चालक अवधि २ वर्षअघि सम्पन्न भएपनि सञ्चालकको रुपमा रहेको र साधारणसभाको कार्यसूचीमा सञ्चालक समितिको निर्वाचन [&hellip;]</p>

काठमाडौं । सेयरधनीबीच कुटाकुट भएपछि विशाल बजार कम्पनी लिमिटेडको साधारणसभा भाडिएको छ ।

मंगलबार राजधानी आयोजना गरिएको वार्षिक साधारणसभामा सेयरधनीबीच कुटाकुट र माइक खोसाखोस भएपछि भाडिएको हो ।नेपाल खाद्य संस्थानका प्रतिनिधि शंकर सापकोटा र नेसनल ट्रेडिङ लिमिटेडका तर्फबाट लवराज जोशीको सञ्चालक अवधि २ वर्षअघि सम्पन्न भएपनि सञ्चालकको रुपमा रहेको र साधारणसभाको कार्यसूचीमा सञ्चालक समितिको निर्वाचन नभएपछि सेयरधनीले दुबै सञ्चालकलाई लखेटेका थिए ।

सापकोटा र जोशीको पदावधी ०७२ कात्तिकमा सकिएको थियो । सर्वसाधारणको ६५ प्रतिशत स्वामित्व रहेको छ । खाद्य संस्थान र नेसनल ट्रेडिङको गरी साढे ३४ प्रतिशत स्वामित्व रहेको छ ।

उच्च अदालत पाटनले असार ७ गते परामदेश जारी गरी साउन मसान्तसम्म वार्षिक साधारणसभा गर्न आदेश दिएपछि मंगलबार साधारणसभा बोलाइएको थियो । कम्पनीको साधारणसभा अनिश्चित भएको छ ।

कम्पनीका सेयरधनी सुजन दत्त, विनय श्रेष्ठ र सुनिल कुमार शाक्यले विशाल बजार कम्पनी कानुन विपरित चलेको, वार्षिक साधारणसभा नगरेको, वित्तीय अवस्था सार्वजनिक नगरेको, सेयरधनीलाई गुमराहमा राखेको, २ जना सञ्चालकले कम्पनीलाई मनोमानी रुपमा सञ्चालन गरेको आरोप लगाउँदै तत्काल साधारणसभा गर्न गराउन माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

नेपालको पुरानो कम्पनी विशाल बजारमा चरम भ्रष्टाचार हुने गरेको छ । विशालबजार नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको र सर्वसाधारणको सेयर लगानी भएको कम्पनी हो । कम्पनीको चुक्ता पुँजी ४ करोड ९१ लाख रुपैयाँ छ । पछिल्लो समय यस कम्पनीको सेयर मूल्य ३०३० रुपैयाँ छ ।

कम्पनीको प्रबन्ध पत्रमा ११ जना सञ्चालक समिति रहने व्यवस्था छ । तर हाल यस कम्पनीमा २ जना मात्र सञ्चालक छन् । कम्पनी ऐन अनुसार लिमिटेड कम्पनीमा कम्तिमा ३ जनाको सञ्चालक समिति हुनु पर्छ । यस्तै कम्तिमा एक जना महिला सञ्चालक हुनु पर्ने नयाँ व्यवस्था छ । कम्पनी ऐनका यी व्यवस्थालाई विशाल बजारका सञ्चालक समिति र व्यवस्थापन समितिले अवज्ञा गर्दै आएका छन् ।

 

Share News