काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारित समयमा चुक्ता पुँजी पुर्याउन नसक्ने बैंक तथा वित्तीय संस्थालाई कारवाही गर्ने भएको छ । राष्ट्र बैंकले गरेको यो व्यवस्था पालन नगर्ने बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्न समेत नपाउने भनिएका छ । तर, राष्ट्र बैंकले लिएको यो नीति कागजी डकुमेन्ट भएकोले निक्षेप संकलन गर्न जाने ग्राहकलाई राष्ट्र बैंकले गरेको व्यवस्था बैंक तथा वित्तीय क्षेत्रले पालन गरे नगरेको सर्वसाधारण ग्राहकलाई थाहा हुँदैन।
बैंकहरूले गरेको यो व्यवस्था भने फितलो देखिएको छ । राष्ट्र बैंकले एकिकृत निर्देशिका २०७४ जारी गर्दै तोकेको समयमा पुँजी पुर्याउन नसक्ने बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह गर्न समेत रोक लगाएको छ । बैंकले नगद लाभांश वा बोनस सेयर घोषणा तथा विवरण गर्न रोक लगाउने भएको छ ।
बैंकले शाखा विस्तार गर्न समेत रोकलगाएको छ । राष्ट्र बैंकले गरेको व्यवस्था पुरा गरे/नगरेको विवरण निक्षेप कर्ता तथा कर्जा कर्जा लिन चाहने ग्राहक तथा सर्वसाधारणको जानकारी लागि सम्बन्धित बैंकको वेव साइटमा राख्नु पर्ने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताए ।
राष्ट्र बैंकले २०७३/७४ को वित्तीय विवरणमा प्रस्तावित वोनश सेयरलाई चुक्ता पुँजी गणना गर्ने भने छुट दिएको छ । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार ‘क’ वर्गका वाणिज्य बैंकले आठ अर्ब, ‘ख’ वर्गका विकास बैंकले दुई अर्ब ५० करोड र ‘ग’ वर्गका राष्ट्रिय स्तर तथा चारदेखि १० जिल्ला कार्यषेत्र भएका वित्तीय कम्पनीले ८० करोड र एकदेखि तीन जिल्ले कार्यक्षेत्र भएका फाइनान्सहरूले ४० करोड चुक्ता पुँजी पुर्याउनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।