सीसीडी रेसियो सीमा असोजसम्म ल्याइसक्नु पर्ने

<p>काठमाडौं । कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) तोडेका बैंक तथा वित्तीय संस्थाले आउदो असोजभित्र सीमा भित्र ल्याइसक्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले असारसम्म सीसीडी रेसियो तोडेका बैंक तथा वित्तीय संस्थालाई सहुलियित दिदै असोजसम्म पु¥याउन निर्देशन दिएको छ । सीसीडी रेसियो ८० र २० कायम गरिएको छ । असोजसम्म पनि सीसीडी रेसियो सीमामा [&hellip;]</p>

काठमाडौं । कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) तोडेका बैंक तथा वित्तीय संस्थाले आउदो असोजभित्र सीमा भित्र ल्याइसक्नु पर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले असारसम्म सीसीडी रेसियो तोडेका बैंक तथा वित्तीय संस्थालाई सहुलियित दिदै असोजसम्म पु¥याउन निर्देशन दिएको छ । सीसीडी रेसियो ८० र २० कायम गरिएको छ ।

असोजसम्म पनि सीसीडी रेसियो सीमामा नल्याउने बैंक तथा वित्तीय संस्थामाथि बढी प्रवाहित हुने कर्जा रकममा बैंक दरले हुन आउने बराबरको रकम हर्जाना लगाइने राष्ट्र बैंकले चेतावनी दिएको छ ।

वित्तीय घर्षण बढेर संकटपुर्ण अवस्था आएपछि सीसीडी रेसियो तोडेका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले असारसम्म सीमामा ल्याउनु भनेकोमा पुनः ३ महिनालाई थप गरेको हो ।

Share News