काठमाडौं । तिब्बतको ल्हासा स्थित तिब्बत एअरलाईन्सले मंगलबारदेखि चेङदु-काठमाडौंको लागी सिधा नियमित उडान सँचालन गरेको छ ।

उक्त एअरलाईन्सको प्रारम्भिक उडान टिभी ९८९९ चेङदु सुनाग्लीउ अन्तराष्ट्रिय विमानस्थल बाट स्थानिय समय अनुसार साँझ १८:१६ मा प्रस्थान गरी काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्थानिय समय अनुसार साँझ १९:१५ मा अवतरण भएकाे थियाे । फर्कने उडान टिभी ९९०० काठमाण्डौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट स्थानिय समय अनुसार साँझ १९:२५ मा प्रस्थानगरि चेङदुको विमानस्थलमा अर्को दिन बिहान ००:५० मा अवतरण हुने छ ।
एअरलाईन्सले शुरुमा साताका चार दिन, प्रत्येक सोमबार, मँगलबार, बिहिबार र शानिबार उडान गर्नेछ । तिब्बत एअरलाईन्सले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै ८ वटा विजनेश क्लास र १२० वटा इकोनोमी क्लास, जम्मा १२८ सिट भएको एअरबस ए-३१९ विमानबाट सेवा प्रदान गर्नेछ ।
तिब्बत एअरलाईन्सले नेपालमा यात्रुहरुको सिट आरक्षण गर्न र टिकट बेच्न तथा कार्गो ढुवानी गर्नको लागी हिमालय एअरलाईन्स प्रा. लिलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको छ ।
उडान तालिका
