काठमाडौं । नेपालमा आउने विदेशी पर्यटकले बर्षेनी ४० प्रतिशतसम्म होटल बुकिङ रद्ध गरिरहेको तथ्य खुलेको छ । पछिल्लो समयमा ट्राभल कम्पनीहरुले अग्रिम बुकिङ गरेर अन्तिम समयमा रद्ध गर्न थालेका पनि त्यस्तो संख्या बढेको छ ।
यस अघि १५ देखि २० प्रतिशत होटल बुकिङ मात्रै रद्ध हुने गरेको थियो । गत बर्षको साउन र भदौ महिनामा होटलहरुको बुकिङ ८५ प्रतिशत पुगेको थियो तर अकुपेन्सी भने जम्मा ५५ प्रतिशत मात्रै भएको व्यवसायी बताउँछन् । गत आवको चैत र जेठको सिजनमा पनि करिब ४५ प्रतिशत मात्रै अकुपेन्सी पुगेको अनुमान गरिएको छ ।
सन २०१७ मा भने ९० प्रतिशत बुकिङ हुने र ६५ प्रतिशत अकुपेन्सी कायम हुने प्रक्षेपण गरिएको छ । कारोबार दैनिकबाट