हिमालय एअरलाइन्सको दोहा-कतार उडान सङ्ख्या थप, हप्तामा चार दिन

<p>काठमाडौं । हिमालय एअरलाइन्सले यही आउँदो साउन १९(अगष्ट ३, २०१७) गते देखि कतारको दोहामा हप्ताको थप दुई उडान मंगलबार र बिहिबार गर्ने भएको छ । साथै, उक्त एअरलाइन्सले भदौ १७ (सेप्टेम्बर २, २०१७) गतेबाट थप चार उडान गरी हप्ताको ११ उडान पुर्याउने जनाएको छ । उक्त थप उडान मंगलबार, बिहीबार, शनिबार र आइतबार हुनेछ । [&hellip;]</p>

काठमाडौं । हिमालय एअरलाइन्सले यही आउँदो साउन १९(अगष्ट ३, २०१७) गते देखि कतारको दोहामा हप्ताको थप दुई उडान मंगलबार र बिहिबार गर्ने भएको छ । साथै, उक्त एअरलाइन्सले भदौ १७ (सेप्टेम्बर २, २०१७) गतेबाट थप चार उडान गरी हप्ताको ११ उडान पुर्याउने जनाएको छ । उक्त थप उडान मंगलबार, बिहीबार, शनिबार र आइतबार हुनेछ ।

सो थप उडान आगामी कात्तिक ११ (अक्टोबर २८, २०१७ )गते सम्मलाई रहने छ । थप गरिएका नयाँ उडान काठमाडौंबाट बिहान १०ः१५ मा उडान गरी कतारको राजधानी दोहामा सोही दिन त्यहाँको समय अनुसार १२ः२५ मा अवतरण गर्नेछ । सोही दिन १३ः१५ मा दोहाबाट उडान भरि साँझ २०ः५०मा काठमाडौं अवतरण गर्नेछ ।

नेपालीहरुको महानपर्व दशैं तथा दिपावलीलाई ध्यानमा राखि नेपाली यात्रुलाई सेवा प्रदान गर्ने उद्देश्य रहेकोमा, उक्त कम्पनीका भाइस प्रेसिडेन्ट प्रशासन विजय श्रेष्ठ भन्छन् “दोहा उडान गरेको १ वर्षमा यात्रु समाज बाट हामीले प्राप्त गरेको सद्भाव तथा सहयोग एवं हवाई सेवाको मागलाई मध्यनजर गर्दै आगामी दशै तथा दिपावलीमा यात्रा गर्नेलाई सरल, सुलभ, सजिलो होस् भनेर थप उडानको घोषणा गरिएको हो ।”

Share News