भुटान एयरलाइन्स भाडामा ल्याउने प्रक्रिया खारेज, मन्त्रालयको असहयोगले निगम अप्ठ्यारोमा

<p>काठमाडौं । नेपला वायुसेवा निगमले भुटानको जहाज भाडामा ल्याएर जहाज उडान गरेको प्रस्तवको प्रक्रिया नै खारेज भएको छ । तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले प्रस्ताव स्वीकृत नगरेपछि निगमलाई अप्ठ्यारोमा परेको हो । निगमले सरकारी नियकाले नै सहयोग नगरेको र अवाश्यव प्रक्रिया अगाडि बढाउन नदिएपछि यो प्रक्रिया खारेज भएको वायुसेवा निगमले जानकारी दिएको छ [&hellip;]</p>

काठमाडौं । नेपला वायुसेवा निगमले भुटानको जहाज भाडामा ल्याएर जहाज उडान गरेको प्रस्तवको प्रक्रिया नै खारेज भएको छ ।

तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले प्रस्ताव स्वीकृत नगरेपछि निगमलाई अप्ठ्यारोमा परेको हो । निगमले सरकारी नियकाले नै सहयोग नगरेको र अवाश्यव प्रक्रिया अगाडि बढाउन नदिएपछि यो प्रक्रिया खारेज भएको वायुसेवा निगमले जानकारी दिएको छ ।

मन्त्रालयले स्वीकृति नदिएकै कारण तत्काल जहाज भाडामा ल्याउने प्रस्ताव अहिलेलाई रोकिएको छ । आयात गर्न लाग्ने नियम लगाएर प्राधिकरणले जहाज ल्याउन रोक लगायो भने मन्त्रालयले पनि सहयोग नै नगरेको कारण यो प्रक्रिया नै रद्ध भएको उल्लेख छ । नयाँ पत्रिका दैनिकबाट ।

Share News