पुँजीगत खर्च ६५ प्रतिशत मात्रै

<p>काठमाडौं । गत आर्थिक बर्ष २०७३/७४ मा ६५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । ८४ प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले आर्थिक बर्ष सकिँदा जम्मा ६५ दशमलब ३२ प्रतिशत मात्रै खर्च गर्न सकेको हो । शनिबार साँझसम्ममा जम्मा २ खर्ब ३ अर्ब ३७ करोड मात्रै पुँजीगत खर्च भएको छ । सरकारले गत आवमा [&hellip;]</p>

काठमाडौं । गत आर्थिक बर्ष २०७३/७४ मा ६५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । ८४ प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले आर्थिक बर्ष सकिँदा जम्मा ६५ दशमलब ३२ प्रतिशत मात्रै खर्च गर्न सकेको हो ।

शनिबार साँझसम्ममा जम्मा २ खर्ब ३ अर्ब ३७ करोड मात्रै पुँजीगत खर्च भएको छ । सरकारले गत आवमा ३ खर्ब ११ अर्ब ९४ करोड पुँजीगत बजेट विनियोजन गरेको थियो । नयाँ पत्रिका दैनिकबाट

Share News