काठमाडौं । अख्तियार दुरुयोग अनुसन्धान आयोगले कर फछ्र्याेट आयोगका सदस्य सचिव चुडामणि शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश प्रसाद ढकाल विरुद्ध ९ अर्ब ६ करोडको भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ ।
आयोगले तीनै जना विरुद्ध बिहीबार बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गर्ने तयारी गरेको भएपनि समय अभाव भएपछि फर्किको थियो । आयोगका सहायक प्रवक्ता खग्रेन्द्र प्रसाद रिजालका अनुसार बिहीबार मुद्दा दाय गर्न अदालत गएको टोली समय नपुगेपछि फर्किको हो । शुक्रबार कार्यालय समय सुरु भए लगत्तै बिशेष अदालत काठमाडौंमा मुद्दा दायर हुनेछ ।
कर फछ्र्याेट आयोगका माध्यमबाट राज्यलाई २१ अर्ब नोक्सानी पुर्याएको भन्दै अख्तियारले छानविन थालेको थियो । सो क्रममा १२५ वटा फाइलको अध्ययन गर्दा ९ अर्ब ६ करोड रुपैंयाँ हिनामिना गरेको देखिएको थियो । सोही आधारमा आयोगले तीन जनालाई जनही ३ अर्ब २ करोडका दर भ्रष्टाचार गरेको ठहरसहित बिशेष अदालतमा मुद्दा दायर गर्न लागेको हो ।
सर्वाेच्च अदालतले शर्मालाई शुक्रबार नै अदालतमा हाजिर गराउन अख्तियारका नाममा आदेश पनि दिएको छ ।