एयर काष्टमण्डपको एओसी खारेज, एउटै जहाज दुर्घटनाबाट सकियाे उडान भविष्य

<p>काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर काष्टमण्डपको उडान अनुमति (एओसी) खारेज गरेको छ । काष्टमण्डपले सन् २००९ मा दुई जहाजमार्फत उडानको लागि अनुमति पाएको थियो । नेपालगन्ज र सुर्खेतबाट कर्णाली क्षेत्रमा चार्टर उडान गर्दै आएको यो काष्टमण्डपको एओेसी गत जेठ २६ मा नै खारेजी भयाे । यसकाे जानकारी प्राधिकरणले तालुक निकाय संस्कृति, पर्यटन तथा [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर काष्टमण्डपको उडान अनुमति (एओसी) खारेज गरेको छ ।

काष्टमण्डपले सन् २००९ मा दुई जहाजमार्फत उडानको लागि अनुमति पाएको थियो ।

नेपालगन्ज र सुर्खेतबाट कर्णाली क्षेत्रमा चार्टर उडान गर्दै आएको यो काष्टमण्डपको एओेसी गत जेठ २६ मा नै खारेजी भयाे ।

यसकाे जानकारी प्राधिकरणले तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयलाई दिएको छ ।

यो वायुसेवासँग २ वटा जहाज भएपनि एउटा जहाज दुर्घटना भएपनि प्राधिकरणले सुरक्षाको लागि उडान अनुमति सस्पेन्समा राखेको थियो । यो वायुसेवाले त्यसपछि अर्को जहाज उडा नै गर्न सकेन र यसको उडान भविष्य नै सकियो । काराेबार दैनिकबाट ।

Share News