काठमाडौं । विश्वकै लामो पदयात्रा मार्ग द ग्रेट हिमालयन ट्रेकिङ (जीएचटी)को प्रवद्र्धन जिम्मा अब नेपाल पर्यटन बोर्ड मातहत आएको छ । सन् २००९ बाट बजारिकण गर्न सुरु गरेको नेदरल्याण्ड विकास संस्था (एसएनभी)ले सन् २०१३ देखि यसको प्रवद्र्धन गर्न छाड्यो । त्यसपछि यो संस्थाले सामथ्र्यबाट केही प्रवद्र्धन प्रयास गरेको भएपनि त्यति प्रभावकारी भएन ।
यो प्रोक्टलाई नेपाल सरकारले आर्थिक वर्ष २०७१/७२ मा ५ करोड र २०७२/७३ मा १० करोड खर्च गर्ने गरी प्रर्वद्र्धनको जिम्मा लिएको थियो । अहिले यो योजना नेपालको पर्यटकीय ब्राण्ड हुनसक्ने भएपनि अलपत्र पर्ने भएपनि बोर्ड मातहत सञ्चालन गरिने भएको छ ।
बोर्डले एक महिना अगाडिबाट नै औपचारिक सम्झौता गरेर यो प्रोजेक्टको प्रवद्र्धन जिम्मा लिने निर्णय गरेको हो । अहिले बोर्ड मातहत आएको यो योजनका लागि २ जना कर्मचारीसमेत खटिइरहका छन् । बोर्डले यसलाई ब्राडिङ गर्ने, प्रवद्र्धन गर्ने र नेपालको यो पदयात्रा मार्गलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने रणनीति बनाइसकेको पर्यटन बोर्डका एक प्रवन्धकले जानकारी दिए ।
विश्वकै उत्कृष्ट पदयात्रा ब्राण्ड बनाइने
बोर्डले यो योजनालाई अगाडि बढाउन र आवश्यक प्रवद्धनात्मक कामको जिम्मा दिन खड्गविक्रम शाहलाई फोकल पर्सनको जिम्मा पनि दिएको छ । शाहका अनुसार बोर्डले अहिले यसको प्रवद्र्धनका लागि बजेट बनाउने, पदयात्रा मार्गको ब्राण्ड बनाउने, यसका विभिन्न चरणमा रहेको ट्रल अडिट गर्ने र नेपालको उत्कष्ट पर्यटकीय प्रडक्टको रुपमा बेच्ने गरी योजना बनाइरहेको छ ।
बोर्डका अनुसार २ वर्ष सरकारले सञ्चालन गरेको यो योजनालाई उसै छोड्न हुँददैन भनेर प्रवद्र्धनको जिम्मा लिएको हो । यसमा सरकार तथा दातृ निकायको करोडौं खर्च भइसहेको छ । अब यो पदयात्रा रुटमा पर्यटकीय पूर्वाधार बनाउने, हरेक खण्डको प्रवद्र्धन अलग अलग र एउटै प्याकेजमा पूर्ण प्याकेज विक्री गर्ने गरी योजना बनाइरहेको पनि बोर्डले जानकारी दिएको छ ।
सरकारले २ वर्षअघिसम्म पदयात्रा पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिदाँ पहिलो नम्बरमा यसलैलाई राखेको थियो । यो पदयात्रा मार्गले नेपालको पहिचान बढाउने र पर्यटन व्यवसायीले पनि प्राथमिकतामा राख्न गरेको आग्रहलाईसम्बोधन गरेकोले नै बोर्डमार्फत अब संचालित हुने उल्लेख छ ।
सन् २०१३ को अन्तिमदेखि जीएचटीले यो पदयात्रा मार्गको प्रवद्र्धन गर्न छाडेको छ । यसलाई पर्यटकीय प्याकेज बनाएर अगाडि बढ्न पूर्वाधार निर्माणका लागि सरकारले आफ्नै ढंगले काम त गर्यो तर प्रभावकारी भएन । त्यसैले अब सबै काम बोर्डले गर्छ । विभिन्न १६ हिमाली जिल्ला छोएको सो ट्रेकिङ ट्रेललाई १० खण्डमार्फत प्रवद्र्धन भएको थियो ।
‘कुनै पनि पर्यटकलाई जीएचटीको प्रवेश विन्दू पूर्वदेखि पश्चिमसम्म पुग्न एउटै प्रवेश शुल्क हुनुपर्ने प्रस्ताव पर्यटन व्यवसासीले अगाडि सारेको छन् । राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, गृह मन्त्रालयले तोकेको निशेधित क्षेत्रलगायतको स्थानसहित एक पर्यटकले करीब ४३ स्थानमा झण्डै ४ हजार डलरभन्दा बढीको शुल्क तिर्नुपर्ने व्यवस्था छ ।
यो व्ववस्थालाई संसोधन गर्दै एकद्वार नीतिमार्फत निश्चित शुल्क मार्फत प्याकेज बनाउन मन्त्रालयसमक्ष यस अघि नै ट्रेकिङ व्यवसायीको संस्था टानले सुझाव दिएको थियो । यसलाई एकद्वार नीतिमार्फत लागू गरी उपयुक्त शुल्क तय गरेको अवस्थामा पर्यटक आर्षण गर्ने थप सहज हुने ट्रेकिङ व्यवसायीको भनाइ छ ।
कहिले बाट सुरु भयो जीएचटी
ग्रेट हिमालय ट्रेल नेपालमा सन् १९९० बाट नै शुरु भएको थियो । बजार रणनीति र प्रवद्र्धनको उपयुक्त योजना नहुँदा यसको प्रचार नै भएको थिएन् । एसएनभीले दुई वर्ष यसको प्रवद्र्धन गरेपछि यो पदयात्रा मार्गको प्रवद्र्धनमा सहयोग पुगेको हो ।
यो पदयात्रा मार्गको हुम्ला र डोल्पाबाट सन् २००९ मा प्रवद्र्धनका गुरू योजनाबाट प्रवद्र्धन शुरु गरेको हो । यसलाई बजार रणनीतिका साथ सार्वजनिक गर्ने काम भने सन् २०११ बाट मात्र भएको थियो । १७ सय किलोमिटरको यो पदयात्रामार्ग १ सय २० दिनदेखि १ सय ५० दिनसम्मको यस पत्रयात्रालाई गर्न सकिन्छ ।