तीन वटा जहाज थन्किँदा श्री एयरलाइन्सलाई करोडौ घाटा, प्रक्रिया पूरा नगरे एक वर्षसम्म अनुमति दिँदैनौः उड्डयन प्राधिकरण

<p>काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले पहिलोपटक नियमित उडानमा जाने गरी फिक्स विंग्स (पंखा जडित) तीन वटा जहाज ल्याएको छ । यसले पहिलो जहाज चैत ३० दोस्रो बैशाख १६ र तेस्रो जहाज गत शुक्रबार काठमाडौं ल्याइसकेको छ । जहाज ल्याएको २ महिनासम्म पनि उडान अनुमति नपाउँदा र जहाजलाई विमानस्थलमा थन्काउनुपर्दा कम्पनीले करोडौ घाटा [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले पहिलोपटक नियमित उडानमा जाने गरी फिक्स विंग्स (पंखा जडित) तीन वटा जहाज ल्याएको छ । यसले पहिलो जहाज चैत ३० दोस्रो बैशाख १६ र तेस्रो जहाज गत शुक्रबार काठमाडौं ल्याइसकेको छ ।

जहाज ल्याएको २ महिनासम्म पनि उडान अनुमति नपाउँदा र जहाजलाई विमानस्थलमा थन्काउनुपर्दा कम्पनीले करोडौ घाटा खानुपरेको छ । यो वायुसेवाले २ महिनादेखि विमानस्थलमा गरेको जहाज ल्याण्डिङ पार्किङमै करोडौ रुपैयाँ खर्च गर्नुपरेको छ ।

जहाज उडान आफैंमा महंगो र खर्चालु हुने भएकोले एक दिन नउड्दा पनि करोडौ घाटा लाग्छ । महिनौसम्म उड्डन नपाउनु भनेको त निकै ठूलो घाटा हो, कति लाग्यो भनेर हामीले हिसाव नै निकालेका छैनौ, श्री एयरलाइन्स स्रोतले भन्यो ।

यो वायुसेवा दिनरात जहाज कसरी छिटो उडाउन सकिन्छ भनेर लागि परेको छ । तर, हवाइ उडान क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले भने आवश्यक प्रक्रिया र मापदण्ड पूरा नभएको भन्दै जहाजलाई अझै उडान अनुमति दिएको छैन ।

चार वर्ष अगाडि नेपाली वायुसेवा युरोपेली युनियनले उड्डयन सुरक्षा सूची अर्थात कालोसूचिमा राखेको छ । यसबाट अझै बाहिर आउँन नसेकाले आवश्यक नियमनका लागि भन्दै प्राधिकरणले आन्तरिक वायुसेवालाई कडाइ गरिरहेको छ ।

प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्ठयन संगठन (आइकाओको) आइसीभिएम टोलीले निरिक्षण गरिरहेको भन्दै उडान अनुमतिमा कडाई गरिरहेको छ । प्राधिकरयणले अहिले पनि मिसेल नामका फ्रान्सेली नागरिकलाई फ्लाइट अपरेशन एक्पर्टका रुपमा राखिरहेको छ । यसलाई ६ महिनाको लागि ल्याएको र यसले काम गरिरहेको ४ महिना भएको प्राधिकरणका उपमहानिर्देशक राजनराज पोखरेलले जानकारी दिए ।

उनका अनुसार एक्पर्टले दिएको सुझाव र मागेको आवश्यक कागजात नपुगेसम्म श्रीलाई अनुमति दिन सकिदैन । उनका अनुसार आवश्यक प्रक्रिया जुनसुकै वायुसेवाले पनि पूरा गर्ने पर्छ । यस अघि हेलिकोप्टर कम्पनीले पनि पाँच छ महिनासम्म अनुमति पाएका थिएनन् ।

जहाज ल्याएरै आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने भएकोले छ महिना एक वर्षको व्याकअप राखेर र सोही अनुसार तयारी गरेर मात्रै आउनुपर्ने पोखरेलको भनाइ छ । उनका अनुसार आवश्यक प्रक्रिया पूरा गर्न जति समय लाग्यो उति नै छिटो अनुमति पाउने हो । एक वर्ष लगायो भने त्यतिबेला सम्म जहाज उड्न पाउँदैन, उनले भने ।

तर, श्री एयरलाइन्सले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ । यसले अनुमति पाउने अन्तिम तयारीमा रहेको छ । प्राधिकरणले तोकेको मापदनण्ड अनुसार चौथो चरणको प्रक्रिया पूरा गरेर पाँचौमा गएको छ । पाँचौ पार गरेपछि अनुमति पाउने दाबी पनि प्राधिकरणको छ ।

प्राधिकरणले भने निर्णय नगर्ने र विदेशीले जे जे भन्यो त्यही गर्न लगाएर वायुसेवा कम्पनीलाई अनुमतिमा ढिलाइ गरिरेको छ ।

 अर्बको लगानीलाई वेवास्था
आन्तरिक वायुसेवामा एकैपटक तीन वटा जहाज ल्याएर उडान सुरु गर्न लागेको यो वायुसेवाको योजना अन्तर्राष्ट्रिय उडानमा पनि जाने छ । यो वायुसेवाले एक अर्ब लगानी गरेको जानकारी दिएको छ ।

हाल यसले २५० जनालाई रोजगारी नै दिँदै छ । यसले जहाज उडान, कर्मचारी व्यवस्थापन, पाइलट इन्जिनियर तथा क्याविन क्रुको तयारीसहितको अब्बल कम्पनी बनाउन उक्त लगानी गरिरहेको उल्लेख छ ।

यो वायुसेवालाई नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई उडयन सुरक्षा विभागले उडान संचालन अनुमति (एओसी) नदिदाँ श्री ले तयारी अवस्थामा राखिसकेको ३ वटा जहाज विमानस्थलमै थन्किरहेको हो ।

यो वायुसेवासँग बम्वार्डियर सिआरजे—२०० मोडेलका ५० सिट क्षमताको दुई र अर्को एनआरले नामकाके ७० सिट क्षमतको एक जहाज भएको छ ।

१७ वर्षदेखि हेलिकोप्टरवाट सेवा दिइरहको यो कम्पनीले नियमित उडानका जहाज पनि संचालन गर्न ३ वटा जहाज ल्याइसकेको छ । नेपाली आकासमा थप सेवा र सुविधा दिने तथा आन्तरिक हवाई यात्रुको लागि थप विकल्प दिन लागेको यो कम्पनीले भने आफ्नो तर्फबाट सबै प्रक्रिया अगाडि बढाइसकेको छ । प्राधिकरणले यसको डकुमेन्ट मूल्यांकन ढिलो गरेका कारण उडान अनुमति पाउन ढिलो भएको पनि उल्लेख छ ।

किन पाएन श्रीले उडान अनुमति ?
नेपालका वायुसेवालाई युरोपेली युनियन (इयू) अन्र्तगको यूरोपेली आयोगले झन्डै चार वर्षअगाडि सूरक्षा सूची अर्थात कालोसूचिमा राखेको छ । यो सूचीका कारण नेपाली वायुसेवा युरोपेली आकाशमा उडान गर्न पाउँदेन भने युरोपेली नागरिकलाई पनि नेपाली वायुसेवामा चढ्न सम्बिन्धित मुलुकले सचेतना अनपनाउन आग्रह गरेका छन् ।

यही कारण सो तीन वर्षदेखि नै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली वायुसेवाको उडान अनुमति (एओसी)मै कडाई गरिरहेको छ । जसका कारण नयाँ वायुसेवालाई एओसी पाउनै हम्मेहम्मे पर्ने गरेको छ । सोही अनुसार श्रीले पनि अनुमति नपाएको प्राधिकरणको भनाइ छ ।

आन्तरिक उडानका वायुसेवा कम्पनीका अनुसार मन्त्रालयबाट इजाजतपत्र पाएको एक वर्षसम्म हवाई क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिन दौडधूप गर्नुपर्ने बाध्यता रहेको छ भने जहाज आएको ६ महिनासम्म उडान अनुमति लिनमै लाग्ने भएको छ ।

नेपालका वायुसेवामाथि पछिल्लो समय कडा निगरानी हुन थालेको छ । कालोसूचिमा परेदेखि नेपालमा दर्ता हुने नयाँ वायुसेवाले अनुमति पाउन झन्झटिलो प्रकृया पूरा गर्नुपर्ने र लामो समय लाग्ने गरेको पनि छ ।

नेपालमा दर्ता हुने नयाँ वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको नियम अनुसार पूर्व आवेदन, औपचारिक आवेदन, कागजपत्र मूल्यांकन, जहाजको परिक्षण उडान तथा निरीक्षण र उडान अनुमति पत्र गरेर विभिन्न पाँच चरण पार गर्नुपर्ने पनि प्राधिकरणको भनाइ छ ।

यो पाँचवटै चरण पार गरेको अवस्थामा मात्रै नयाँ वायुसेवाले एओसी पाउने प्राधिरणको हवाई उड्डयन सुरक्षा विभागको भनाइ छ । वायुसेवाको उडान योग्यताको लागि आवश्यक सबै प्रकृया पूरा गरेपछि मात्रै अनुमति दिने गरिएको छ ।

प्राधिकरणले पछिल्लो समय हवाई क्षेत्रको नियमनका लागि आफ्ना कजोरी लुकाउन वायुसेवा कम्पनीलाई निकै कडाइ गरेको निजी क्षेत्रका वायुसेवा कम्पनीको भनाइ छ । एक निजी वायुसेवा कम्पनीका अनुसार पछिल्लो समय प्राधिकरणले वायुसेवाको उडान संचालन एओसीमा निकै कडाइ गरेको पनि उल्लेख छ ।

एक निजी वायुसेवा कम्पनीका अनुसार प्राधिकरणले आइकाओको विशेषज्ञ टोली राखेर आवेदन मूल्यांकन गर्ने र उसैले भनेअनुसार मात्रै काम गर्ने गरेको छ ।

प्राधिकरणको आफैंले गर्ने निर्णय क्षमता कमजोर रहेकोले पनि अर्काको भर पर्दा कडाइ हुने र समयमा नै अनुमति पाउन नसकिने उल्लेख छ । प्राधिकराले गरेको कडाइ अनुसार हवाई क्षेत्रको सुधार भने हुन सकेको छैन ।

 

Share News