वायुसेवा निगमलाई जहाज भाडामा दिन भुटान एयरलान्सले बाजी मार्यो, दुई महिने जहाज भाडाको सम्झौता भोली

<p>काठमाडौं । नेपाल वायुसेवा निगमलाई जहाज भाडमा दिन भुटानी र युक्रेनी वायुसेवाबीचको प्रतिस्पर्धामा भुटानी वायुसेवाले बाजी मारेको छ । निगमले जहाज भाडामा लिन मागेको प्रस्तावमा भुटानको टासी गु्रप अन्तर्गतको भुटान एयरलाइन्स र युक्रेनको टुवेल्भ स्टार एभिएसन अन्तर्गतको स्टार एयरलाइन्सले प्रस्ताव पेश गरेका थिए । यी दुई वायुसेवाको प्रस्तावमा प्राविधिक र आर्थिक दुबैमा भुटान एयरलाइन्सको उपयुक्त [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगमलाई जहाज भाडमा दिन भुटानी र युक्रेनी वायुसेवाबीचको प्रतिस्पर्धामा भुटानी वायुसेवाले बाजी मारेको छ । निगमले जहाज भाडामा लिन मागेको प्रस्तावमा भुटानको टासी गु्रप अन्तर्गतको भुटान एयरलाइन्स र युक्रेनको टुवेल्भ स्टार एभिएसन अन्तर्गतको स्टार एयरलाइन्सले प्रस्ताव पेश गरेका थिए । यी दुई वायुसेवाको प्रस्तावमा प्राविधिक र आर्थिक दुबैमा भुटान एयरलाइन्सको उपयुक्त पाइएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए ।

निगमले मागेको वेट लिज (जहाजसहित क्याविन क्रुको टोली)को प्रस्ताव उपयुक्त भएकोले भोली बुधबार सम्झौता हुने भएको छ । निगमले भुटान एयरलान्सबाट एयरवसको ए३२० नामक १५० सिट क्षमताको जहाज भाडामा लिन लागेको हो ।

भुटान एयरलाइन्ससँग ए३१९ नामक १२२ सिट क्षमताको जहाज पनि रहेको छ । निगमको तयारी अनुसार एउटा ए३२० जहाजबाटै निगमको उडान हुने गरी सम्झौता हुने भएको छ । भुटान एयरलाइन्स भुटानको पहिलो निजी क्षेत्रबाट सञ्चाललिन जहाज पनि हो ।

निगमका अनुसार यो वायुसेवाले कति मूल्यमा मासिक उडान गर्ने भएको छ भन्ने जानकारी भने भोली वायुसेवा निगम र भुटान एयरलाइन्सबीच हुने दुईपक्षिय सम्झौतापछि मात्रै सार्वजनिक गरिने जानकारी दिए । निगमका अनुसार भुटान एयरलाइन्सको जहाज भाडामा लिने सुनिश्चित भएको छ ।

हामीसँग भएको २ वटा एयरवस नियमति उडानमै रहेकोले थप जनशक्ति नभएकोले पनि निगमले वेट लिजमा जहाज लिन लागेको हो । जहाजसँगै भुटान एयरलाइन्सकै पाइलट, इन्जिनियर, एयरहोस्टेज हुनेछन भने नेपाली यात्रुलाई सेवा दिने काम मात्रै हुने भएको छ ।

यो जहाज भाडामा लिएवापन मासिक तोकिएको शुल्क तिर्ने र त्यसबाट आएको लाभ सबै निगमलाई हुने भएकोले पनि उल्लेख छ । निगमसँग भएको २ वटा १९० पसट क्षमतको बोइङलाई आवश्यक मर्मत गर्नुपर्ने भएकोले पनि जहाज भाडामा लिन लागेको हो ।

निगमले हरके १८ महिनामा गर्नुपर्ने इन्जिन बाहेककको सम्पूर्ण मर्मत सिचेकका लागि सिंगापुर पठाउँर्दै छ । सिचेकका लागि कम्तिमा एक महिना लाग्ने भएकोले पनि सो समयमा भाडामा लिएको जहाजबाट नियमतिउडान नरोकिने गरी सेवा प्रदान गरिने भएको छ ।

निगमको अर्को एउटा बोइङ भने विक्रीका लागि राखिएको छ । निगमले भाडामा लिएको जहाजबाट मलेसियाको क्वालालाम्पुर, कतारको दोहा, भारतको दिल्ली र बैंगलोरसहितका हाल उडान गरिरहेकै गन्तव्यमा सेवा दिने जानकारी दिएको छ ।

निगमले भाडामा लिने जहाज भने आगामी साउन २ गतेबाट मत्रै लिने भएको छ । निगमसँग हाल १५८ सिट क्षमताको एयरवसको ए३२० नामक दुईवटा न्यारोवडी जहाज उडानमा छ ।

Share News