वायुसेवा निगमको साझेदारमा लुफ्थान्सा भित्रदैँ, ५ वटा प्रस्ताव माग्दा एउटै मात्र आवेदन

<p>काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको रणनीतिक साझेदारमा जर्मनीको लुफ्थान्सा कन्सल्टिङ छनोट हुने भएको छ । लुफ्थान्सालाई निगमको रणनीतिक साझेदार बनाउँन उपयुक्त हुने निष्कर्षसहित मूल्यांकन समितिले प्रक्रिया अगाडि बढाउन सिफारिश गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको प्रस्तावमा लुफ्थान्सा कन्सल्टिङ को मात्रै बोलपत्र परेको थियो । प्रस्तावको अध्ययन गर्न गठित [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको रणनीतिक साझेदारमा जर्मनीको लुफ्थान्सा कन्सल्टिङ छनोट हुने भएको छ । लुफ्थान्सालाई निगमको रणनीतिक साझेदार बनाउँन उपयुक्त हुने निष्कर्षसहित मूल्यांकन समितिले प्रक्रिया अगाडि बढाउन सिफारिश गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको प्रस्तावमा लुफ्थान्सा कन्सल्टिङ को मात्रै बोलपत्र परेको थियो । प्रस्तावको अध्ययन गर्न गठित समितिले आइतबार मन्त्रालयका सचिव तथा वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारलाई प्रक्रिया अगाडि बढाउन सिफारिश गरेको छ ।

सचिवस्तरीय निर्णयले एक महिनाअघि मन्त्रालयको हवाई महाशाखा सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा मूल्यांकन तथा सिफारिश समिति गठन गरेको थियो ।

हामीले लुफ्थान्साको प्रस्तावलमाथि हरेक कोणबाट अध्ययन गर्दा उपयुक्त देखेर थप प्रक्रिया अगाडि बढाउन सिफारिश गरेका छौ, समिति संयोजक लामिछानेले भने । मन्त्रालयले पाँचदेशबाट प्रसताव मागेको भएपनि जर्मनीबाट यो कम्पनीको मात्रै आउको उल्लेख छ । कारोबार दैनिकबाट ।

Share News