गगन–विश्व समूहलाई निर्वाचन आयोगले दियो मान्यता

काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापा र विश्वप्रकाश शर्मा समूहलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय गरेको हो ।

आयोगले कानुन र विधानसम्मत ठहर्याउँदै त्यहाँबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गरेर थापालाई मान्यता दिने निर्णय भएको आयोगले जनाएको छ । 

आयोगले मान्यता दिएसँगै अब विशेष महाधिवेशनले गरेका सबै निर्णयहरूले मान्यता पाउने भएको छ । 

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा गगन थापाको अगुवाइमा विशेष महाधिवेशन आयोजना गरिएको थियो । विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो । 

विशेष महाधिवेशनबाट पार्टी सभापतिमा थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरु राज घिमिरे निर्वाचित भएका थिए ।

विश्वप्रकाश उपसभापति, पौडेल महामन्त्री, विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति घोषणा

Share News