काठमाडौं । दिगो ग्रुप अफ इन्डस्ट्रीजअन्तर्गत सञ्चालित दिगो इ–स्टोभले बिहीबार चितवनको कुरिनटारमा विश्वप्रसिद्ध फास्ट–फुड रेस्टुरेन्ट चेन केएफसीको नयाँ आउटलेट औपचारिक रूपमा उद्घाटन गरेको छ ।
उद्घाटनको अवसरमा सीमित समयका लागि ग्राहकलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसले राजमार्गमा यात्रा गर्ने यात्रु तथा स्थानीय समुदायलाई भोजन र विश्रामका लागि थप सहज र आकर्षक विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
कुरिनटारस्थित दिगो इ–स्टोभमा केएफसीको आगमनसँगै यात्रुहरूले आफ्ना निजी तथा व्यवसायिक विद्युतीय सवारी साधन चार्ज गर्दै विश्वभर रुचाइने केएफसीको स्वाद लिन सक्नेछन् । यसले यात्रालाई सहज मात्र नभई अझ स्मरणीय बनाउने विश्वास लिइएको छ ।
दिगो ग्रुप अफ इन्डस्ट्रीजका समूह प्रमुख कार्यकारी अधिकृत (सीईओ) सौरभ श्रेष्ठले दिगो इ–स्टोभ यात्रु–केन्द्रित तथा जीवनशैलीमैत्री अवधारणामा आधारित रहेको बताए । 'दिगो इ–स्टोभमा हाम्रो उद्देश्य सधैं यात्रुहरूलाई दीगो, सहज र गुणस्तरीय अनुभव प्रदान गर्नु हो,' उनले भने, 'कुरिनटारमा केएफसीको उद्घाटनसँगै सुविधा, विकल्प र विश्वस्तरीय स्वाद एउटै स्थानमा उपलब्ध गराउने दिशामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेका छौं ।'
दिगो इ–स्टोभ कुरिनटारले निजी तथा व्यवसायिक इभीका लागि फास्ट चार्जिङ सेवा, स्वच्छ सार्वजनिक शौचालय, परिवारमैत्री वातावरण, विश्रामस्थल तथा गुणस्तरीय भोजन सेवा प्रदान गर्दै आएको छ । केएफसीको आगमनले यस स्थानलाई दीगो यात्रा, सुविधा र आधुनिक जीवनशैली अनुभवको केन्द्रका रूपमा थप मजबुत बनाएको छ ।
उद्घाटन अवसरमा उपलब्ध २५ प्रतिशत छुटसहित दिगो इ–स्टोभ कुरिनटारले यात्रु, परिवार तथा स्थानीय बासिन्दालाई स्वाद, सुविधा र आरामको नयाँ अनुभव लिन आमन्त्रण गरेको छ । जहाँ दीगो मोबिलिटी र विश्वस्तरीय सेवा एउटै स्थानमा भेटिन्छ ।