काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले ‘द गभर्नर स्मोकवुड कास्क’ ह्विस्कीको ७५० एमएल प्याक सफल भएपछि सोही ब्रान्डको १८० एमएल सानो प्याक बजारमा ल्याएको छ ।
प्रिमियम ब्लेन्डेड ह्विस्की पोर्टफोलियोलाई विस्तार गर्ने उद्देश्यसहित ल्याइएको नयाँ प्याकले उपभोक्तालाई ब्रान्डको स्वाद र शिल्पकला अनुभव गर्न सहज बनाउने कम्पनीले जनाएको छ ।
१० वर्षसम्म परिपक्व गरिएका हाइल्याण्ड र स्पेसाइड स्कच माल्टबाट तयार गरिएको ‘द गभर्नर’ ह्विस्कीले ‘दुई प्रख्यात माल्ट, एक उत्कृष्ट ब्लेन्ड’ भन्ने मूल दर्शनलाई प्रतिबिम्बित गर्ने बताइएको छ । हाइल्याण्ड माल्टले गहिराइ र संरचना दिने तथा स्पेसाइड माल्टले स्मूथनेस र सन्तुलन थप्ने विशेषता यसमा रहेको छ । स्मोकवुड कास्कमा तयार गरिएको यस ह्विस्कीमा भ्यानिला, ओक र क्यारामेलका नोटसँगै सौम्य स्मोक स्वाद पाइने कम्पनीको दाबी छ ।
नयाँ प्याक सार्वजनिकबारे प्रतिक्रिया दिँदै सागर डिस्टिलरी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सौरभ कारंजितले १८० एमएल प्याकले ब्रान्डको गुणस्तर कायम राख्दै उपभोक्ताका लागि अझ सहज पहुँच सुनिश्चित गर्ने बताए ।
‘द गभर्नर स्मोकवुड कास्क’ ह्विस्कीको १८० एमएल प्याक अब देशभर खुद्रा मूल्य ७४५ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।