सुनको मूल्य तोलामा ७ हजार ९ सय रुपैयाँले घट्यो

काठमाडौं । दिनहुँ बढिरहेको सुनचाँदीको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य मंगलबार ७ हजार ९ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार २ लाख ६२ हजार १ सय रुपैयाँ कायम छ । आइतबार सुनको मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ३ सय ५ रुपैयाँले घटेर ४ हजार ५ सय ९० रुपैयाँमा आएको छ । यसअघि आइतबार चाँदीको मूल्य ४ हजार ८ सय ३५ रुपैयाँ र सोमबार ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

Share News