एनइए इन्जिनियरिङले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते बिहान ९ बजे एनइए इन्जिनियरिङको कार्यालय ललितपुर महानगरपालिका-१०, चाकुपाटमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ । 

सभाले सञ्चालक समितिको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ ।

यस्तै, सभाले आव २०८१/८२ को लेखापरीक्षकमा महालेखा परीक्षकको कार्यालयको विसं २०८१ पुस २८ गतेको पत्रअनुसार लेखापरीक्षक चार्टड एकाउन्टेन्ट सुशील घिमिरेलाई नियुक्त गरेको र चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ ।

यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । 

Share News