जस्मिन पेन्ट्सको विजेता नेपालगञ्जकी देवी बुढाले जितिन् जापान भ्रमणको अवसर

काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले 'चाडपर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग' उपहार योजनाको बम्पर विजेताको घोषणा गरेको छ । कम्पनीले २०८२ भाद्र १ देखि कार्तिक मसान्तसम्म संचालन गरेको यस ग्राहक उपहार योजनामा विजेताको घोषणा ब्राण्ड एम्बेसेडर पारस खड्काको उपस्थितिमा लक्की ड्र कुपनमार्फत गरिएको थियो ।

पुष ७ गते भएको कार्यक्रममा नेपालगञ्ज निवासी देवी बुढाले जापान भ्रमण गर्ने सुनौलो अवसर प्राप्त गरिन् । यसबाहेक, अन्य ग्राहकहरुले पनि विभिन्न उपहार जित्न सफल भए । ७५ जनाले डिनर सेट, १०५ जनाले हिटर, १५१ जनाले आइरन र ७५० जनाले भित्ते घडी जितेर कुल १०८२ जनाले पुरस्कार प्राप्त गरे ।

तीन महिनासम्म सञ्चालन भएको यस योजनामा नेपालभरिका २६४७ भन्दा बढी ग्राहक सहभागी भएका थिए । ग्राहकहरुलाई ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्स उत्पादन खरिदमा बम्पर कुपन प्रदान गरिएको थियो । कम्पनीका कन्ट्री म्यानेजर डिल्ली राम पौडेलले ग्राहकहरूको उत्साहजनक सहभागिताले उपहार योजना सफल भएको र यसले कम्पनीको व्यावसायिक वृद्धिमा सहयोग पुगेको बताए । साथै उनले आगामी दिनमा सञ्चालन हुने नयाँ उपहार योजनामा सहभागी हुन ग्राहकहरूलाई आग्रह समेत गरे ।

Share News