भरतपुर नगर प्रमुख दाहाललाई चितवन–३ बाट प्रत्यक्ष उम्मेदवार बनाउन नेकपाको सिफारिस

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई चितवन निर्वाचन क्षेत्र नं ३ बाट आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ ।

पार्टीको चितवन क्षेत्र नं ३ क्षेत्रीय कमिटीको जगतपुरमा बसेको बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

बैठकमा सहभागी नेताहरूले दाहालको कार्यकालमा भरतपुर महानगरपालिकामा भएका विकास निर्माणका काम, सेवा प्रवाहमा आएको सुधार तथा पार्टी संगठन सुदृढीकरणमा खेलेको भूमिकाको सकारात्मक मूल्याङ्कन गर्दै उनलाई उम्मेदवारका रूपमा अघि सारेको बताएका छन्।

पार्टी स्रोतका अनुसार क्षेत्रीय समितिबाट सिफारिस गरिएको नाम केन्द्रमा पठाइनेछ । उम्मेदवारीसम्बन्धी अन्तिम निर्णय भने नेकपाको केन्द्रीय कमिटीले गर्नेछ ।

Share News