२.१० करोड बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ, खेतानले दिएका थिए जाहेरी

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २ करोड १० लाख बैंकिङ कसुरका फरार आरोपीलाई पक्राउ गरेको छ ।

कार्यालयले सुमितकुमार खेतानको जाहेरीका आधारमा बैंकिङ कसुरका आरोपी एसएन सप्लायर्सका प्रोपाइटर धनुषा घर भई काठमाडौं बस्ने सन्तोषकुमार साहलाई पक्राउ गरेको हो । 

उनलाई काठमाडौं महानगरपालिका-४ चन्डोलबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनी बैंकिङ कसुर मुद्दामा झापा जिल्ला अदालतबा पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्ति हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइको पनि आचार्यले बताए । उनीमाथि महोत्तरीमा १ करोड ७२ लाख रुपैयाँ र धनुषामा ८ लाख रुपैयाँ र झापामा ३० लाख रुपैयाँ बिगो बराबरको बैंकिङ कसुर गरेको अभियोग रहेको छ ।

Share News