काठमाडौं । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ५ महिनामा ३९ अर्ब ९७ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशत अर्थात् १८ अर्ब ७९ करोड रुपैयाँ बढीको निर्यात भएको हो ।
जबकी गत आवको ५ महिनामा भने २१ अर्ब १८ करोड रुपैयाँका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदय सिंह विष्टले चालु आवको ५ महिनामा यो नाका हुँदै हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको बताए ।
चालु आवको ५ महिनामा २० अर्ब ७६ करोड रुपैयाँ पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । त्यस्तै ३ अर्ब ७ करोड रुपैयाँ पर्ने फलफूलको जुस, २ अर्ब ८७ करोड रुपैयाँ पर्ने सूर्यमुखीको प्रशोधित तेल, १ अर्ब ९७ करोड रुपैयाँ पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ ।
त्यस्तै १ अर्ब ५० करोड रुपैयाँ पर्ने विभिन्न किसिमका कपडाहरु पनि निर्यात भएको कार्यालयले जनाएको छ ।