काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको छ । बुधबार (आज) दिउँसो १ बजेका लागि तय गरिएको बैठक केही समय ढिलाइपछि सुरु भएको छ ।
आजको बैठकको मुख्य एजेन्डा पार्टीको १५औं महाधिवेशनसँग सम्बन्धित छ । बैठकमा महाधिवेशनको कार्यतालिकामा आवश्यक परिमार्जन, तयारी र अन्य व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ ।
साथै पार्टीभित्रको संगठनात्मक, राजनीतिक र रणनीतिक विषयमा समेत सदस्यहरूबीच विचारविमर्श हुने अपेक्षा गरिएको छ ।
स्रोतका अनुसार बैठकमा पार्टीको विभिन्न विभागीय तयारी, उम्मेदवार चयन प्रक्रिया र महाधिवेशनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक निर्णयहरू लिन सक्ने सम्भावना छ ।
पार्टी नेतृत्वले यस बैठकमार्फत आगामी महाधिवेशनको ढाँचा र समयसीमा निर्धारणमा स्पष्टता ल्याउने लक्ष्य राखेको बताइएको छ ।