सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ मंगलबार केही घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मोल भने बढेर तोलामा रु तीन हजार ५४५ निर्धारण भएको छ ।     

सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदी तीन हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो ।    

Share News