सिमरामा आज पनि कर्फ्यू, राजमार्ग र विमानस्थलमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । बारा जिल्लाको सिमरामा आज (बिहीबार) पनि कर्फ्यू लागेको छ । जिल्ला प्रशासन कार्यालय बाराले अपरान्ह १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू लगाएको हो ।

जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि कर्फ्यू लगाइएको हो ।

बुधबार नेकपा एमालेका कार्यकर्ता र जेनजीहरूबीच झडप हुँदा प्रशासनले हिजो पनि कर्फ्यू लगाएको थियो । 

एमाले नेता महेश बस्नेत बारा जाने कुरालाई लिएर दुई पक्षबीच भएको विवादले झडपको रूप लिएको हो ।

null

Share News