काठमाडौं । कारागार व्यवस्थापन विभागले फरार कैदीहरुको तीनपुस्ते विवरण निकाल्ने तयारी गरेको छ ।
स्रोतका अनुसार जेनजी आन्दोलनका क्रममा फरार भएका १३, हजार ५५८ कैदीमध्ये ७ हजार ७३५ कैदी कारागार फर्किएका छन् भने बाँकी ५ हजार ८२३ कैदीबन्दी अझै फरार छन् ।
ती फरार कैदीबन्दीको ठेगानासहित तीनपुस्ते निकाल्ने तयारी गरिएको हो ।