सुनचाँदीको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं ।  गत शुक्रबारको तुलनामा सुनको मूल्य तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि ४० रुपैयाँले वृद्धि भएको छ ।     

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल आज तीन हजार रुपैयाँले बढेर दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छ । सोही दिन एक तोला चाँदी तीन हजार ८५ रुपैयाँमा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार १२५ रुपैयाँमा किनबेच  भइरहेको छ ।     

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

Share News