उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन, कोशी र गण्डकीमा आंशिक बदली

काठमाडौं । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ । 

प्रदेशको पहाडी भूभागका एक/दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।

Share News