नेपाल एसबीआई बैंकको 'एफएटीए मूल्यांकनमा मार्गदर्शन – उत्कृष्ट अभ्यासहरू' विषयक गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल एसबीआई बैंकले 'एफएटीए मूल्यांकनमा मार्गदर्शन उत्कृष्ट अभ्यासहरू' विषयक गोष्ठी सम्पन्न गरेको छ । 

उक्त कार्यक्रममा नेपालले एफएटीएफ मूल्यांकनको तयारीका क्रममा मनी लन्डरिङ ९एएमएल० र आतंकवादको वित्तीयकरण (सीएफटी) नियन्त्रणका प्रभावकारी उपायहरू तथा संस्थागत समन्वयको महत्त्वमाथि जोड दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले एफएटीए मूल्यांकन सन्दर्भमा गोष्ठीको महत्त्वप्रति प्रकाश पारिन् ।

कार्यक्रममा मनी लन्डरिङ अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुर, विभिन्न सरकारी तथा कानून कार्यान्वयन निकायका उच्च अधिकारीहरू, राष्ट्र बैंकका वरिष्ठ अधिकारीहरू, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू र अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थित थियो ।

गोष्ठीमा भारतीय स्टेट बैंकका पूर्व कार्यकारी श्री रामकृष्ण सुसेर्लाले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल एसबीआई बैंक लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पाण्डा तथा अन्य वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति थियो ।

बैंकले पछिल्ला ३२ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०१ शाखा, २२ विस्तार काउन्टर, ७ प्रादेशिक कार्यालय, २० ब्रान्चलेस बैंकिङ, १२५ एटिएम र एक केन्द्रीय कार्यालयमार्फत सेवा सञ्चालन भइरहेका छन् ।

Share News